शनिबारदेखि प्रथम मेयर कप फुटबल
काठमाडाैं | मंसिर २३, २०७९
काठमाडौं: रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो ।
कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुनेछ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु ५५ हजार पाँच सय ५५ नगदसहित शिल्ड र मेडल प्रदान गरिनेछ । चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु दुई हजार पाँच सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १२ हजार पाँच सय प्रदान गरिने जानकारी दिए ।
प्रतियोगिताका लागि नगरपालिकाले रु सात लाख ९८ हजार छ सय ६६ बजेट विनियोजन गरेको उनले जानकारी दिए । नगरपालिकास्तरीय मेयर कप भइरहने भए पनि जिल्लास्तरीय अन्तर नगरपालिका फुटबल भने पहिलो भएको चौधरीले जानकारी दिए । जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाका खेलाडीको सहभागिता रहने छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

